News Portal

बासी भात तताएर खानुहुन्छ ? हुन सक्छ फुड पोइजनिङ, यसरी बच्नुस्

रातोपोस्ट संवाददाता
१३८७ पटक

एजेन्सी। हामी प्रायः खाएर बचेको भात फेरि तताएर खान्छौँ । तर, यसरी बासी भात तताएर खाँदा शरीरलाई ठूलो हानि हुन सक्छ । यो त्यतिवेला हुन्छ, जब हामी चिसो भात तताएर खाँदा आवश्यक सावधानी अपनाउँदैनौँ ।

बेलायतको नेसनल हेल्थ सर्भिसका अनुसार दोहोर्याएर तताइएको भात खाँदा फुड पोइजनिङ हुन सक्छ । तर, यो खतरा बासी भातलाई तताउनाले होइन, त्यसलाई स्टोर गर्ने तरिकाका कारण उब्जन्छ ।

भातमा हुन्छ यस्ताे ब्याक्टेरिया

हेल्थकेयर सिस्टमका अनुसार, चामलमा ब्यासिलस सिरस नामक ब्याक्टेरियाको अंश (जीवाणु) हुन्छ । यो ब्याक्टेरियाको जीवाणु यति शक्तिशाली हुन्छ कि, चामललाई पकाइसक्दा पनि यो जीवित रहन सक्छ, र झन् छिटो बढ्न सक्छ ।

भात पकाइसकेपछि लामो समय सामान्य तापक्रममा छोडिदिँदा जीवाणुले ब्याक्टेरियाको रुप लिन्छ । यो ब्याक्टेरिया तीव्रगतिले बढ्छ र टक्सिन्स पैदा गर्छ, जसका कारण फुड पोइजनिङ हुन सक्छ । यसैले, भात पकाएपछि त्यसलाई लामो समय सामान्य तापक्रममा छोड्न हुँदैन ।

बचेको भात सुरक्षित राख्ने तरिका

खाएर बचेको भात अर्को साँझलाई राख्नु छ भने त्यसलाई सही तरिकाले स्टोर गर्नुपर्छ, ता कि भात पनि नबिग्रियोस् र आफ्नो स्वास्थ्य पनि ।

एनएचएसका अनुसार भात पाक्नेबित्तिकै खान थाल्नु राम्रो हो । यदि पकाएपछि लामो समय राख्नु छ भने त्यसलाई सेलाएको एक घन्टाभित्रै फ्रिजमा राख्नुपर्छ ।

तर, फ्रिजमा पनि फेरि तताउनुअघि केवल एक दिनका लागि राख्न सकिन्छ । यदि तताएपछि पनि खाएर बाँकी रह्यो भने न त्यसलाई फेरि फ्रिजमा राख्न हुन्छ, न पछि फेरि तताएर खान । यस्तो अवस्थामा बचेको भात फाल्नु नै बुद्धिमानी हुन्छ ।

प्रतिकृया दिनुहोस्