News Portal

काँकरभिट्टामा जिल्ला स्तरीय अन्तर बिद्यालय भलिबल प्रतियोगिता हुँदै

रातोपोस्ट संवाददाता
६३२ पटक

झापा। काँकरभिट्टामा जिल्ला स्तरीय अन्तर मा.वि. भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । मेचीनगर ६ काँकरभिट्टा स्थित अरुणोदय आवासीय माध्यमिक बिद्यालयको आयोजनामा सो प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिता फागुन ७ गते देखी ९ गतेसम्म सञ्चालन हुने बिद्यालय परिषरमा आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

बिगतका २ वटा संस्करण मेचीनगर भित्रका बिद्यालयहरु बीचमा आयोजना गरिएकोमा यो बर्षबाट तेस्रो संस्करण जिल्ला स्तरीय रुपमा आयोजना गरिएको बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष भगिरथ राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिद्यालय स्तरबाट राष्ट्रिय खेलाडी उत्पादन गर्न, सामुदायीक बिद्यालय र नीजी बिद्यालय बिचको दुरी कम गर्न, बिद्यालयकोे माध्यम बाट जिल्ला भर छरीएर रहेका खेलाडीको क्षमता अभिबृद्धि गर्न तथा अगाडीको संस्करणमा मेचीनगर क्षेत्र भित्रको बिद्यालयमा मात्र प्रतिस्पर्धा गराउदाँ खेल क्षेत्र केही खुम्चिएको हो कि भनेर यो संस्करण भने जिल्ला स्तरीय बनाएको उहाँले जानकारी दिनुभयो ।

बि.स. २०७४ सालदेखि यो प्रतियोगिता बिद्यालयले सञ्चालन गर्दै आएको छ । पहिलो र दोस्रो संस्करण मेचीनगर भरीका बिद्यालयहरु बीचमा सञ्चालन गरिएकोमा तेस्रो संस्करणमा भने जिल्लाभरबाट मेचीनगर भित्रका १६ वटा बिद्यालय र मेचीनगर बाहिरका ७ गरी जम्मा २३ बिद्यालयहरुको सहभागीता रहने खेल संयोजक राजकुमार विश्वकर्माले जानकारी दिनु भयो । प्रतियोगितामा सामुदायिक र नीजी बिद्यालयका कक्षा १० सम्मका २३० जना बिद्यार्थीको प्रत्यक्ष सहभागीता रहने र १००० बिद्यार्थीको प्रत्यक्ष रुपमा अवलोकन गर्ने विश्वास लिइएको संयोजक बिश्वकर्माले बताउनु भयो ।

खेल संयोजक बिश्वकर्माका अनुसार २३ वटा टिमको सहभागीतामा सञ्चालन हुने खेल प्रतियोगितालाई ३ दिन भित्र सम्पन्न गर्न केही खेलहरु रात्रीकालिन समयमा समेत सञ्चालन गर्ने तयारी भईरहेको बताउनु भयो । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि मेचीनगर खेलकुद बिकास समिति संयोजक नबिन बरालले गर्ने र समापन जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले गर्ने तयारी भएको समेत बिद्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

प्रतियोगिताको बिजेता टिमलाई नगद २० हजार, ट्रफी मेडल र प्रमाण पत्र त्यस्तै उपबिजेता टिमलाई नगद १० हजार ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरीने बिद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर लुइटेलले जानकारी दिनुभयो । प्रतियोगीताको सर्वोत्कृष्ट एक जना खेलाडीलाई नगद २ हजार सहित ट्रफी मेडल तथा प्रमाणपत्र एवं प्रतियोगिताका थप ४ जना उत्कृष्ट खेलाडीतर्फ बेष्ट स्पाईकर, डिफेण्डर, सरबर र लिफ्टरलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरीने प्रधानाध्यापक लुइटेलले जानकारी दिनुभयो ।

बिद्यालयका बरिष्ठ शिक्षक पर्शुराम रिजालले स्वागत गर्नु भएको पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता ब्यवस्थापन समिति अध्यक्ष राईले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयका सहायक प्रिन्सिपल जीआर धितालले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्