News Portal

  • १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा, धुलाबारी मावि च्याम्पियन

    रातोपोस्ट संवाददाता
    ५७५ पटक

    झापा । मेचीनगरस्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि धुलाबारी माविले हात पारेको छ ।
    मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा शनिबारबाट सुरु भई सोमबार समापन भएको सो प्रतियोगिताको उपाधि धुलाबारीले उछिनेको हो ।
    तीन दिवशीय उक्त प्रतियोगिता१२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताz प्रथम स्थान हाँसिल गरेको धुलाबारीले खेलका विभिन्न विधामा गरी १९ वटा स्वर्ण पदक जित्दै ८० अंक बटुलेको छ ।
    उपाधि विजेता टिम धुलाबारीलाई खेलाडीहरुलाई प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिन् ।
    मेचीनगर शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको सो प्रतियोगितामा द्धितीय बनेको हिमालयन एकाडेमीले ५ वटा स्वर्ण पदक प्राप्त गर्दै २४ अंक जोडेको छ ।
    मेची जनसाधारण माविको संयोजनमा सम्पन्न उक्त प्रतियोगितामा तृतीय भएको इष्ट होराइजन अंग्रेजी आवाशिय माविले १५ अंक ल्याएको छ ।
    प्रतियोगिताका विजेता खेलाडी तथा टिमलाई प्रमुख अतिथि उप्रेती, विशिष्ट अतिथि मेचीनगर शिक्षा अधिकारी होमनाथ भण्डारी र मेचीनगर सामाजिक विकास समिति संयोजक एवं मेचीनगर ४ का वडा अध्यक्ष नवीन बरालले बधाई तथा शुभकामना दिँदै पुरस्कृत गरेका प्रतियोगिता सञ्चालन समितिका सदस्य सचिव एवं मेची जनसाधारण माविका प्रधानाध्यापक चन्द्रशेखर गुरागाईंले बताए ।

    प्रतियोगिता सञ्चालन समिति संयोजक तथा कन्भेन्ट अंग्रेजी विद्यालयका प्रिन्सिपल विक्रम भेटवाल क्षेत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक पुष्कर ढकालले गरेका थिए ।

    ष्ट्रपति रनिङ शिल्डमा धुलाबारी मावि च्याम्पियन

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)