News Portal

  • स्वास्थ्यमन्त्री ढकालद्धारा खरिपाटी क्वारेन्टाइनको निरीक्षण

    रातोपोस्ट संवाददाता
    ५७५ पटक

    काठमाण्डौ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मङ्गलबार चीनको उहानबाट उद्धार गरी ल्याएका नेपाली विद्यार्थी राखिएको खरिपाटीस्थित क्‍वारेन्टाइनको अवलोकन गरेका छन्।

    स्वास्थ्यमन्त्रीका प्रमुख स्वकीय सचिव भुवन खतिवडाका अनुसार, क्‍वारेन्टाइनमा राखिएका विद्यार्थीको स्वास्थ्यस्थिति र उनीहरूको अवस्थाबारे बुझ्न मन्त्री ढकाल खरिपाटी क्‍वारेन्टाइन पुगेका हुन्।

    मन्त्रीसहित प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे पनि खरिपाटी क्‍वारेन्टाइन गएकी थिइन्। उनीहरूले त्यहाँ खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइ गर्ने कर्मचारीको काम स्थिति अवलोकन गरेका थिए।

    ‘मन्त्री ढकालले कन्ट्रोल रुमबाट क्‍वारेन्टाइनमा रहेका विद्यार्थीहरुलाई सम्बोधन गर्दै सरकार आफ्ना नागरिकप्रति सदैव सचेत र जिम्मेवार रहेको बताएका थिए’ स्वकीय सचिव खतिवडाले भने।

    क्‍वारेन्टाइनमा केही समस्या भए तुरुन्त व्यवस्थापनको जिम्मा सम्हालेका व्यक्तिलाई जानकारी गराउन मन्त्रीले विद्यार्थीहरूलाई आग्रह गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)