News Portal

  • स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित

    रातोपोस्ट संवाददाता
    ३७९ पटक

    काठमाडौं। त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ ।

    सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
    त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले विज्ञप्ति निकाल्दै स्ववियू चुनाव स्थगित भएको जानकारी गराएका छन् ।

    त्रिविले यसअघि क्याम्पसहरुमा हाल रहेको स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल पूरा भएकाले नयाँ स्ववियू चुनाव फागुन १४ गते गर्ने निर्णय गरेको थियो ।

    तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आफूहरुसँग छलफल नगरी मिति तोकेको भन्दै असहमति जनाएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)