
झापा। समाजवादी पार्टी मेचीनगरको अध्यक्षमा ओम प्रकाश खापुङ निर्वाचित भएका छन् । इटाभट्टाको किरात याक्थुम चुम्लुङ भवनमा समाजवादी पार्टीको समायोजन कार्यक्रम गरी नगर समितिलाई पूर्णता दिइएको छ।
खापुङ यसअघि संघीय समाजवादी फोरमका मेचीनगर अध्यक्ष थिए । खापुङको अध्यक्षतामा बनेको समितिको उपाध्यक्षहरुमा कृष्ण कट्टेल, धनकुमार राई र बुद्धि बहादुर श्रेष्ठ छन् ।
समितिको सचिवमा सरोज श्रेष्ठ, सहसचिवमा पवनलाल मेचे र कोषाध्यक्षमा उमादेवी यक्पाङदेन छन् ।
त्यसैगरी समितिका सदस्यहरुमा अमर आङ्बो, गंगा बराइली, गोविन्द ढुंगाना, जितेन्द्रप्रसाद गुप्ता, सुनबहादुर वाइवा, सोनु शर्मा, विकास नेपाल, महेन्द्र चौधरी, बाण्ठू राजवंशी, अभिरथ मलाहा, भुपिन चेम्जोङ, सुजन नेम्बाङ, कुमार राना मगर, गुणराज राई, कहक किशान, रत्न साम्सुहाङ, खिर बहादुर थापा, सन्तोष योङया, सन्तबिर मगर, तकण राई, रत्न साम्सुहाङ र शान्ता श्रेष्ठ रहेका छन् ।
समायोजन कार्यदल मेचीनगरका संयोजक दिलीप आङ्दाम्बेको अध्यक्षता तथा समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री रकम चेम्जोङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सांसद राधा थापा, समाजवादी पार्टीका केन्द्रीय सदस्य भक्त खेवाङ, प्रेमदिप थाम्सुहाङ, समाजवादी पार्टीका प्रदेश नं १ अध्यक्ष प्रविन चाम्लिङ, जिल्ला अध्यक्ष दिपिनवाला राई, सङ्गीता रौनियार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समाजवादी पार्टीका जिल्ला नेता पुष्प पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत सुकमाया लिम्बूले गरेकी थिइन् । कार्यक्रममा नगर अध्यक्ष खापुङले प्रतिबद्धता मन्तव्य व्यक्त गरेका थिए ।