News Portal

भोलि हाम्रो बन्द छैन -विप्लव नेकपा

रातोपोस्ट संवाददाता
९०५ पटक

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले भोलि बन्द भनी गरिएको हल्ला साँचो नभएको भन्दै भ्रममा नपर्न जनसमुदायमा अपिल गरेको छ।

सर्वत्र भोलि नेपाल बन्दको हल्ला चलेपछि पार्टी स्राेतले  स्पष्टिकरण दिँदै बन्द नरहेको बताएको छ। यता भाेलि  ‘ विप्लव निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी भने विभिन्न क्याम्पसहरुमा ज्ञापनपत्र बुझाउने योजना बनाएको जनाएकाे छ ।’

विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले जारी गरेको विज्ञप्तिमा पनि आजसम्म प्रचार प्रसार, ७ गते ज्ञापनपत्र बुझाउने, ८ गते कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते विरोध प्रदर्शन, १३ गते मशाल जुलुस र १४ गते आम शैक्षिक हडताल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

हिजोमात्रै सोही संगठनका कोषाध्यक्षलाई समेत प्रहरीले गिरफ्तार गरेको छ । नेपाल बन्दबारे भने कुनै पनि विज्ञप्ति वा पार्टीको निर्देशन नआएको विप्लव नेकपाका निकटको विद्यार्थी संगठनले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्