News Portal

विप्लवका माेरङ सेक्रेटरी पक्राउ, उचित समयमा जवाफ दिने विप्लवकाे चेतावनी

रातोपोस्ट संवाददाता
१०५० पटक

बिराटनगर । नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका व्युराे सदस्य एवम् , उत्तरी माेरङका सेक्रेटरी गाेपाल बस्नेतलाई प्रहरीले सुनसरीको धरानबाट पक्राउ गरेको छ।

प्रहरीले बस्नेतलाई हिजो मंगलबार पक्राउ गरेपश्चात आज मेचि-कोसी ब्युरो इन्चार्ज प्रतापले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको आलोचना सहित गिरफ्तार गरिएका नेता कार्यकर्ता छाेड्न माग गर्दै यसको बदला एकीकत  जन- क्रान्तिको प्रक्रियामा  उचित जवाफ दिने  चेतावनी दिएका छन्।

ब्युरो इन्चार्ज प्रतापकाे हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ,-हाम्रो गौरवशालि पार्टी नेपाल कम्युनिस्ट पार्टीका मेचि-कोसी ब्युरो सदस्य तथा उत्तरी मोरङका सेक्रेटरी कमरेड गोपाल बस्नेतलाई पार्टी संगठनको कामको सिलसिलामा रहेको बेला हिजो धरानबाट अपहरण शैलीमा गिरफ्तारी गरिएको छ।

वर्तमान दलाल संसदीय पुँजीवादी सत्ताले हाम्रो पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई अमानवीय र गैरकानुनी ढंगले दमन गर्ने, गिरफ्तार गर्ने, झुठो मुद्दा थोपर्ने , चरम यातना दिने जस्तो काम भैरहेको छ।

केपी ओली नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले गरेको उक्त गैर राजनितीक , गैरकानुनी र कायरतापुर्ण हर्कतकाे जवाफ एकीकृत जनक्रान्तिकाे प्रक्रियामा उचित जवाफ दिइनेछ ।

दमन, गिरफ्तारी झुठो मुद्दा , चरम यातना , हत्या जस्ता कार्यले इतिहासमा कहिल्यै जनताको मुक्ति आन्दोलन नरोकिएको र नरोकिने स्मरण गराउँदै यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न र गिरफ्तार कमरेडहरुलाई तत्कालै बिनासर्त रिहा गर्न हाम्रो पार्टी आग्रह गर्दछ भनिएकाे छ ।

अन्यथा त्यस विरुद्ध सशक्त प्रतिरोध संघर्ष गर्न बाध्य हुने र त्यसको जिम्मेवार स्वयं केपी वली नेतृत्वको दलाल पुँजीवादी राज्य सत्ता र तिनका कारिन्दा हुने यसै विज्ञप्तिमार्फत जानकारी दिएकाे छ  ।

प्रहरीले अहिले १ नम्बर प्रदेशमा विप्लव नेपाककाे गतिविधि हिंसात्मक भएको भन्दै प्रतिबन्ध लगाए सयौं नेताकार्यकर्ता पक्राउ गरिएकाे जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्