News Portal

  • दमकमा आजदेखि फूड फेस्टिवल शुरु

    रातोपोस्ट संवाददाता
    ४८३ पटक

    दमक। झापाको दमकमा बुधबारदेखि छैठौं दमक फुड फेस्टिबल शुरु भएको छ। दमकस्थित बसपार्कनजिकै होटल व्यवसायी संघको आयोजनामा शुरु भएको फेस्टिबलको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरेका हुन्।

    फेष्टिबलमा विभिन्न जातीय समुदायका खाद्यपरिकारका स्टल राखिएका छन्। संघीय सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई समेत सघाउ पुर्‍याउने उद्देश्यले फुड फेष्टिबल शुरु गरिएको होटल व्यवसायी संघ दमकका अध्यक्ष राजन दंगालले बताएका छन्।

    फेस्टिबलका संयोजक सुधिर प्रधानका अनुसार ११ फागुन सम्म चल्ने फेस्टिबलमा विभिन्न जातजातीका विशेष खानेकुराहरु पाइनेछ। फेस्टिबल अवधिभर आउने ग्राहकलाई मध्यनजर गर्दै दमकका होटल तथा लजको २५ प्रतिशत छुटको व्यवस्था गरिएको संयोजक प्रधानले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)