News Portal

  • मेचीनगरमा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    रातोपोस्ट संवाददाता
    ६१० पटक

    झापा।झापाकाे मेचीनगरमा प्रथम मेचीनगर वडास्तरीय भलिबल प्रतियोगिता फागुन १० गतेबाट सुरु हुने भएको छ ।

    मेचीनगर–७ नम्बर वडा खेलकुद समितिले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिताबारे जानकारी दिइएको हो ।

    आयोजक समितिका संयोजक एवं सम्मेलनका सभापति नेत्र बहादुर दाहालले प्रतियोगिताको फाइनल खेल आउँदो फागुन १७ गते हुने बताए । ग्रामिण भेग र वडास्तरबाट भलिबल विधाका दक्ष खेलाडी उत्पादन गर्न लागिएको सो प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको उनले बताए ।

    मेचीनगर–७ नम्बर वडा खेलकुद समितिले अायोजना गरेको प्रतियोगितामा नगरका १५ वटा वडा खेलकुद समिति र आयोजक वडाको थप एउटा टिम गरी १६ वटा टिमले भाग लिने अायोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

    प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ३० हजार रुपैयाँ खर्च पूर्वानूमान गरिएको समितिका उपाध्यक्ष चन्दन गौतमले जानकारी दिए ।

    मेचीनगर–७ स्थित सरस्वती आधारभूत विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा विजेताले २५ हजार र उपविजेता टिमले १५ हजार रुपैयाँ नगदराशी पाउने समितिका कोषाध्यक्ष मदन भण्डारीले बताए ।

    समितिका सचिव राजेश खरेलले सञ्चालन गरेको पत्रकार सम्मेलनमा मेचीनगर–७ वडा अध्यक्ष चन्दन मेचे, मेचीनगर नगरपालिका कर्मचारी संघ अध्यक्ष रविनसन थापामगर, झापा केवलका महेन्द्र श्रेष्ठलगायतको आतिथ्यता रहेकाे थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)