
झापा।प्याट्रीयोटिक-युनाइटेड मैत्रीपुर्ण क्रिकेट सिरिज अन्तर्गतको तेश्रो खेलमा प्याट्रीयोटिक क्रिकेट ट्रेनिङ सेन्टर युनाइटेड क्रिकेट एकेडमि बिरुद्ध ७५ रनले बिजय भएको छ।
टस जितेर सुरुमा ब्याटिङ गरेको प्याट्रीयोटिकले ३५ ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनाएको थियो । सुजन थपलियाले ८२ बलमा ११०, ज्ञानेन्द्र श्रेष्ठले २२ बलमा ३३ रन, भुपाल दङलले ३३ बलमा २७ रन बनाएका थिए । युनाइटेडका लागि दिपकले ४ विकेट लिएका थिए।
लक्ष पछ्याएको युनाइटेड २६.३ ओभरमा अलआउट हुँदै १५५ रनमा समेटिएपछी ७५ रनले पराजित रह्यो। रुपक बरालले ५५ बलमा ५१ रन बनाएका थिए।
प्याट्रीयोटिकका लागि दिब्यम अधिकारिले ७ ओभरमा २० रन दिएर ५ विकेट, मनोज तामाङले ६.३ ओभरमा ४३ रन दिएर ४ विकेट लिएका थिए। सुजन थपलिया र दिभ्यम अधिकारी संयुक्त रुपमा प्लेयर अफ द म्याच घोसित भएका थिए।आजको खेलमा पराजित भएपनि सिरिज भने युनाइटेड क्रिकेट एकेडेमीले २-१ ले जितेको छ।