News Portal

समाचार प्रभाव : इन्स्पेक्टरसहित ६ प्रहरीको सरुवा

रातोपोस्ट संवाददाता
६२३ पटक

 

 

 

 

 

 

 

 

 

झापा : इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास खनालसहित ६ प्रहरी कर्मचारीलाई आन्तरिक विभागीय कारबाही गर्दै त्यहाँबाट सरुवा गरिएको छ।

सञ्चारमाध्यमकै गाडी दुरुपयोग गरी बरामद गरिएका तस्करीका सामान अन्यत्र पठाउने घटनामा मुछिएका प्रहरी निरीक्षक खनालसहित उनका बडीगार्ड मनिष घिमिरे, प्रहरी नायव निरीक्षक राजेन्द्र पासवान, प्रहरी हवल्दार कुमार राई, प्रहरी जवान धन तामाङ, तेजु चम्लागाईंलाई त्यहाँबाट सरुवा गरिएको प्रहरीनिकट स्रोतले जनाएको छ।

’इन्स्पेक्टरकै सेटिङमा तस्करी : मार्बल पठाउन लाग्दा खुल्यो रहस्य’ भन्ने शीर्षकमा  समाचार प्रकाशन भएलगतै प्रदेश-१ प्रहरी कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय झापाले प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा चार सदस्य छानबिन टोली गठन गरी प्रहरी निरीक्षक खनालसहित घटना मुछिएका प्रहरी कर्मचारीमाथि आन्तरिक छानबिन गरेका थिए।

छानबिन टोलीले आन्तरिक विभागीय कारबाही गर्दै पाँचजना प्रहरी कर्मचारीलाई एक साताअघि त्यहाँबाट जिल्लाकै अन्यत्र

प्रहरी कार्यालयमा सरुवा गरिसकेका छन्, भने प्रहरी निरीक्षक खनाललाई घर बिदा दिइएको थियो। विराटनगर घर बिदा गएका खनालको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले दुहबी दङ्गामा सरुवा गरिदिएको जनाइएको छ।

अब खनाल उतैबाट दङ्गा जाने छन्। प्रहरी निरीक्षक खनालले इलाका प्रहरी कार्यालयमा अवैध रूपमा जफत गरिएका चार कार्टुन मार्बल सञ्चार माध्यमको को. २ च १४१५ नम्बरको मारुती भ्यान प्रयोग गरी घर पठाउनै लागेको अवस्थामा सञ्चारकर्मीले स्थलगत रिपोर्टिङ गर्दै घटना बाहिर ल्याएपछि प्रहरीको कर्तुत बाहिर आएको थियो।

प्रतिकृया दिनुहोस्