News Portal

  • माैसम : आज देशका केही ठाउँमा पानी पर्ने संभावना

    रातोपोस्ट संवाददाता
    ३६४ पटक

    काठमाण्डाै।  आज शनिबार देशका केही ठाउँमा पानी र हिउँपर्ने संभावना रहेकाे मौसमविद्ले बताएका छन् ।

    आज पूर्व मध्य र पश्चिमका केही ठाउँमा पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिएका छन ।

    उहाँका अनुसार   शुत्रबार  देशका विभिन्न ठाउँमा हिउँ र पानी परेको पश्चिमी वायु पूर्व पुगेकाले आज मध्य र पश्चिमको तुलनामा पूर्वका धेरै ठाउँमा पानी पर्ने संभावना छ ।

    यो प्रणाली बेलुकीदेखि कमजोर हुने भएकाले राति पहाडी क्षेत्रको मौसम आंशिक बदली भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा  हुने उहाँले बताए ।

    तर आइतबार भने पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले देशभर नै बादल लागेर केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

    यसैगरी पूर्वमा न्यूनचापीय प्रणाली बन्ने र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आउने देखिएकाले पर्सि साेमबारदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद् नगरकोटीको अनुमान छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)