News Portal

एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ : अध्यक्ष दाहाल

रातोपोस्ट संवाददाता
६६३ पटक

चितवन। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एव‌‌ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परिमार्जनसहित अनुमोदन हुने बताउनु भएको छ ।

एमसीसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको भन्दै उहाँले यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास व्यक्त गरे ।

चितवनमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले एमसीसीका विषयमा अमेरिकी सरकारसँग कुरा गरिसक्नुभएकोले संसोधन गरेर अनुमोदन गरिने बताउनुभयो । यस्तै सरकारको कामका विषयमा शनिबारदेखि सुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने उहाँकाे भनाइ छ ।

अहिलेको सरकारले गरेका धेरै राम्रा कामलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उहाँले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताए । फरक प्रसङ्गमा उनले नेकपाभित्र कुनै आन्तरिक विवाद नरहेको बताए ।

प्रतिकृया दिनुहोस्