News Portal

  • सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाई

    रातोपोस्ट संवाददाता
    ७०४ पटक

    काठमाडौं।  तेस्रो संस्करणको सताक्षी गोल्डकपको उपाधि ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले जितेको छ। झापाको झिलझिलेमा आइतबार भएको उपाधि भिडन्तमा थ्री स्टार क्लबलाई १-० को गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधिमाथि कब्जा जमाएको हो।

    मच्छिन्द्रलाई उपाधि दिलाउन खेलको दोस्रो मिनेटमै विमल घर्तिमगरले गरेको गोल निर्णायक बन्यो।

    थ्री स्टारका अशोक खवासले सोमिडे एडिलाजालाई पेनाल्टी एरियामा लडाएपछि मच्छिन्द्रले पाएको पेनाल्टीको सदुपयोग गर्दै विमलले गोल गरेका थिए। मच्छिन्द्रले एक साता नवित्दै दोस्रो पटक उपाधि चुमेको हो।

    फागुन ३ गते भएको ए डिभिजन लिगको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० ले पराजित गर्दै मच्छिन्द्र लिग च्याम्पियन बनेको थियो। थ्री स्टार आयोजक सताक्षी स्पोटिङ क्लबलाई र मच्छिद्र विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै फाइनल पुगेका थिए।

    सताक्षीधाम स्पोर्टिङ क्लबको आयोजनामा भएको प्रतियोगिताकाे उपाधिसँगै मच्छिन्द्रले नगद ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेता थ्री स्टारले ३ लाख रुपैयाँमै चित्त बुझाएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)