News Portal

जनयुद्ध कालिन मुद्दा लागेका लिम्बू रिहा

रातोपोस्ट संवाददाता
१३७२ पटक

झापा। झापामा जनयुद्ध कालिन मुद्दा लागेका नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला समितिका सल्लाहकार सन्त बहादुर लिम्बू ( सुजन) १ वर्षे ६ महिना जेल जीवन बिताएर आज रिहा भएका छन ।

२०५९ सालमा प्रतिकार समितीसंगको भिडन्त हुदा लिम्बुलाई मुद्दा परेकाे थियाे । उनलाई सर्बोच्च अदालतबाट १ वर्षे ६ महिना कैद तोकिएकाे थियाे भने १५ महिना २३ दिन पछि कारगार व्यवस्थापन विभागको निर्णयमा आज रिहा भएका छन ।

एक कार्यक्रमबिच नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला सचिवालय सदस्यीय नरेश संजेल, जिल्ला सदस्य नरपति लिम्बू , नेपाल कम्युनिस्ट पार्टी भद्रपुर नगर समिति सदस्य बुद्धिमान लिम्बू, मोहन धमला, जीवन वास्तोला, चन्द्रमणि गौतम लगायतले लिम्बूलाई स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्