News Portal

  • डिजेल बोकेको ट्यांकरमा आगलागी

    रातोपोस्ट संवाददाता
    ५७८ पटक

    चारआली। झापामा आज दिउँसो पेट्रोलियम पदार्थ बोकेको ट्याकंरमा आगलागी भएको छ ।

    नेपाल आयाल निगम चारआली डिपो कार्यालयदेखि करिब  ३ सय मिटर मेची राजमार्ग अन्तर्गतको मेचीनगर – १३ स्थित चारआली चोकमा ना ३ ख ९७८४ नम्बरको डिजेल बोकेको ट्याकंरमा आगलागी भएको हो ।

    आगलागीबाट ट्याकंरको अगाडि भाग पूर्ण रूपमा जलेर नष्ट भएको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

    ‘चारआली डिपोमा इन्धन जाँच गराएर फर्किने क्रममा ट्याकंरमा आगलागी भएको प्रहरी उपरीक्षक श्रेष्ठले

    बताए ।

    ‘२० हजार लिटर डिजेल लोड गरिएको ट्याकंरमा आगो लागेको थियाे। दुईवटा दमकलले आगो समयमै नियन्त्रणमा आउँदा ठूलो दुर्घटना हुनबाट जोगिएकाे थियाे।

    ट्याकंरमा जडान गरिएको विद्युतीय तार सर्ट भई आगलागी भएको थियाे भनेआगो लागेपछि चालकले ढोकाबाट ओर्लिएर ज्यान जोगाएका थिए ।

    चारआलीबाट लोड गरिएको डिजेल बिर्तामोडका दुई वटा पेट्रोल पम्पका लागि लगिएकाे थियाे ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)