News Portal

  • स्थानीय तहको संख्या घटाएर ३५० बनाउनु पर्छः सांसद तामाङ

    रातोपोस्ट संवाददाता
    ६१९ पटक

    काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले प्रदेशलाई समन्वयकारी निकायको रूपमा परिणत गर्न आवश्यक देखिएको बताएका छन्।

    प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा बोल्दै तामाङले संविधानको प्रस्तावनामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्थाप्रति प्रतिवद्ध रहँदै प्रदेशको अहिलेको संरचनालाई  घटाएर समन्वयकारी निकायको रूपमा मात्रै परिणत गर्नु आवश्यक देखिएको बताए।

    स्थानीय तहको संरचना पनि घटाएर ३५० को हाराहारीमा बनाउनु पर्ने बताए। ‘७५३ वटा स्थानीय तह बनाएका छौं र ७५३ स्थानीय तह घटाएर ३५० को हाराहारीमा स्थानीय तहको संख्या बनाउनु आवश्यक देखिन्छ,’ उनले भनेका छन्।

    काठमाडौं उपत्यकालाई एउटा वृहत काठमाडौं उपत्यका विकास प्राधिकरण बनाएर विकास गर्नु पर्ने पनि तामाङको भनाई छ। यसका लागि प्रत्यक्ष निर्वाचन गर्ने विधि बनाउनु पर्ने बताए।

    यससँगै उनले एक सदानात्मक व्यवस्थामा १५१ सदस्यीय हुने भएको र त्यो पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गर्न आवश्यक देखिएको उल्लेख गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)