News Portal

मेयर र उपमेयर असन्तुष्ट भएपछि, उत्खनन अनुगमन समितिबाट राजिनामा दिए मंग्रातीले

रातोपोस्ट संवाददाता
१२०९ पटक

झापा। मेचीनगरका कार्यपालिका सदस्य टिकाराम मंग्रातीले अनुगमन समितिबाट राजिनामा दिएका छन् ।

अनुगमनका क्रममा नगरका जिम्मेवार पदाधिकारीहरुले असहयोग गरेको भन्दै मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उक्त समितिबाट राजिनामा दिएको घोषणा गरेका हुन् ।

मंग्रातीद्वारा जारी प्रेस बिज्ञप्तीमा भनिएको छ,‘नगरका जिम्मेवार पदाधिकारीहरुबाट नै समितिलाई बदनाम गर्ने, कार्यपालिकाले गरेको निर्णय बिरुद्ध गलत प्रचार गर्ने र मेरो ब्यक्तिगत तथा राजनैतिक हिसाबले मानमर्दन गर्ने गरी सार्वजनिक रुपमा अभिब्यक्ति दिने गरेकोप्रति आपत्ति जनाउँदै उनले राजिनामा दिएको उल्लेख छ ।’

अनुगमन समितिबाट राजिनामा दिए पनि कार्यपालिका सदस्यको जिम्मेवारी र वन वातावरण तथा विपद ब्यवस्थापन समितिको संयोजकका हैसियतले आफ्नो तर्फबाट भुमिका निर्वाह गर्ने समेत मंग्रातीले बिज्ञप्तीमार्फत उल्लेख गरेका छन् ।

ढुंगा बालुवा उत्खननको अनुगमन समितिको कामबाट मेयर उपमेयर नै असन्तुष्ट भए पछि काम गर्न अप्ठ्यारो परेकोले राजिनामा दिएको हुँ । कार्यपालिकाको निर्णय बिरुद्ध जान उपयुक्त नठानेपछि राजिनामा दिनुको विकल्प नरहेको मंग्रातीले बताए ।

प्रतिकृया दिनुहोस्