News Portal

  • तस्करीको सुन गायब प्रकरण : इन्स्पेक्टरसहित १६ प्रहरीलाई निलम्बन गर्न अख्तियारको पत्र

    थाहा खबर
    ४५० पटक

    काठमाडौं : सीमा प्रहरी चौकी रसुवाको टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ कर्मचारीलाई निलम्बित गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ।

    टिमुरेका प्रहरी निरीक्षक नेपालसहितका कर्मचारीले कन्टेनरमा भेटिएको सुन आपसमा बाँडेर चालकलाई छाडेको घटनामा प्रमाण नष्ट पार्ने सक्ने भन्दै उनीहरूलाई निलम्बन गर्न पत्र लेखेको हो।

    प्रहरी निरीक्षक नेपाल, प्रहरी नायव निरीक्षक भोज बहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दार रामशरण रिमाल, प्रहरी हवल्दार पुरुषोत्तम खत्री, प्रहरी हवल्दार रामकाजी लामा, प्रहरी हवल्दार गोपी बहादुर लो तामाङलाई निलम्बन गर्ने अख्तियारले पत्र पठाएको छ।

    त्यसैगरी, प्रहरी जवान शिव नारायण चौधरी, प्रहरी जवान युवराज खरेल, प्रहरी जवान भविलाल रुम्बा लामा, प्रहरी जवान रामचन्द्र विक, प्रहरी जवान रिता चौधरी, प्रहरी जवान मनोज आले, प्रहरी जवान छेक्यु डोल्मा मोक्तान, प्रहरी जवान तारा बहादुर प्रजा, प्र.का.स. हरि बहादुर श्रेष्ठलाई पनि निलम्बन गर्न अख्तियारले प्रधान कार्यालयलाई पत्र पठाएको छ।

    सीमा प्रहरी चौकी टिमुरेको कार्यालय परिसरभित्र केरुङबाट नेपाल आउँदै गरेको ना.६ ख. ४९३२ नम्बरको कन्टेनर चेकजाँच गर्ने क्रममा चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छोडेको अख्तियारले जनाएको छ।

    सुन आवश्यक कानूनी प्रक्रियाको लागि सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड सम्बन्धमा आयोगबाट अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला बताए।

    कार्यमा संलग्न व्यक्तिहरू पदमा बहाल रही रहँदा आफूविरुद्धको प्रमाण नास गर्न सक्ने र अनुसन्धान बाधा पुर्‍याउन सक्ने भन्दै अख्तियार निलम्बनका लागि पत्र लेखेको हो।

    आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (३) बमोजिम कर्मचारीलाई उनीहरू कार्यरत पदबाट निलम्बन गर्न प्रहरी प्रधान कार्यालय नक्सालमा लेखि पठाइएको प्रवक्ता कोइराला बताए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)