News Portal

  • वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

    रातोपोस्ट संवाददाता
    ६९८ पटक

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ।

    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। अब मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गाैतमलाई राष्ट्रियसभा मनाेनित गर्ने छिन्।

    अहिले राष्ट्रिय सभामा पदावधि सकिन लागेका १९ सदस्यमध्ये १८ जना माघ ९ गते भएको निर्वाचनमा निर्वाचित भएर आएका छन्। राष्ट्रपतिबाट मनोनित भएका अर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन लागिएको हो।

    डा.खतिवडाको समयावधि फागुन २० गते सकिँदै छ। त्यसपछि गौतम राष्ट्रिय सभा सदस्य बन्नेछन्। यसअघि उनले राष्ट्रिय सभा सदस्य बन्न सर्त राखेका थिए। राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बन्ने गरि संविधान संशोधन गर्नुपर्ने सर्त राखेका थिए।

    शनिबार बसेको नेकपा सचिवालय बैठकमा संविधान संशोधन गर्ने गरी सहमति जुटेपछि गौतम राष्ट्रियसभा जान तयार भएका हुन्। तर, संविधान संशोधन विषयमा भने नेकपाभित्रै पनि विरोध भइरहेको छ।

    गौतम प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)