News Portal

  • अनलाइन पत्रकारिता सम्बन्धी अन्तरसंवाद कार्यक्रम सम्पन्न

    रातोपोस्ट संवाददाता
    ७१७ पटक

    झापा। नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा आज अनलाइन पत्रकारिता सम्बन्धी अन्तरसंवाद कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।

    बिर्तामोड नगरपालिकाको सहयोगमा आयोजित अन्तरसम्वाद कार्यक्रमको सहजीकरण सञ्चार विज्ञ भानुभक्त आचार्य र अनलाइन खबर डटकमका सम्पादक अरुण बरालले गरेका थिए ।

    आचार्यले अनलाइन पत्रकारितामा आचारसंहिताका सम्बन्धमा र सम्पादक बरालले अनलाइन पत्रकारिताका सम्भावना र चुनौती विषयमा सहजीकरण गरेका थिए ।

    आचार्यले अनलाइन पत्रकारिता प्रभावकारी भए पनि समचार छिटो संम्प्रेशण गर्ने नाममा धेरै गल्ति हुने गरेको बताए । उनले अनलाइन न्यूजपोर्टलले पत्रिकाको रुपमा मात्र रहन नहुने सुझाव दिए । समाचार एवम् लेखहरुमा प्रयोग गरिएका तथ्य र दस्तावेजको सत्यताका लागि हाइपरलिङ्क सहित समाचार अपलोड हुनुपर्ने उनको भनाई थियो ।

    अनलाइन खबर डटकमका सम्पादक बरालले बर्तमान समयमा एक घर, एक ल्यापटप, एक अनलाइन भएको बताए । उनले अनलाइनकर्मीको सिङ्गो टिम सक्रिय भयो भने मिडिया चलाउन सकिने तर एकै व्यक्तिले सबैथोक गर्न खोज्दा सम्भव नहुने बताए ।

    पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष एकराज गिरीले गरेका थिए भने कार्यक्रमको संञ्चालन सहसचिव केशव भट्टराई र सचिव शन्तोस ले गरेका थिए ।

    कार्यक्रममा अनलाइन मिडिया तथा संचार संस्थामा आवद्ध जिल्लाका ६० भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)