News Portal

  • झापामा पहिलो पटक सुन्बी अन्डर- १६सुपर लिग हुँदै, ब्रान्ड एम्बेस्डरमा पारस खड्का

    प्रविण अधिकारी
    १३२२ पटक

    झापा। झापाको दमकमा पहिलो पटक सुन्बी अन्डर-१६ सुपर लिग हुने भएको छ। यही चैत्र २९ गतेदेखि बैशाख १३ गते सम्म उक्त प्रतियोगिता सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

    दमक क्रिकेट क्लब र प्रयाट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टरकाे सहकार्यमा उक्त प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको छ।

    दुइदिवसिय फर्मेटमा सञ्चालन हुने यश प्रतियोगितामा कुल ६ टिम रहने, ७ खेल हुने र प्रतियोगिताकाे बिजेताले ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।

    यस्तो खालको प्रतियोगिता नेपालमा पहिलो पटक आयोजना हुन लगेको हो भने यो प्रतियोगिताको ब्रान्ड एम्बेस्डर पारस खड्का हुने ट्रेनिङ सेन्टरका सचिब दिपेश रिमालले जानकारी गराए।

    प्रतियोगितामा आयोजक दमक प्याट्रियाेटिक , सुनसरी जिल्ला क्रिकेट संघ, बिराटनगर क्रिकेट क्लब , ग्रेट हिमालयन क्रिकेट एकेडेमी र ओएसिस क्रिकेट एकेडेमी सहित ५ टिमको टुंगो लागि सकेको र एउटा टिमको भने टुंगो लाग्न बाँकी रहेको आयोजकले जानकारी दिएको छ।

    प्रतियोगिता सञ्चालन गर्न हुम्से दुम्से सामुदायिक वनको खेल मैदानको स्थर उन्नतिको लागि दमक नगरपालिकालाई प्रस्ताव राखेको कुरा दमक क्लबका अध्यक्ष अबिश खनालले जानकारी दिए।

    प्रतियोगिता १५ दिन सम्म चल्ने र प्रत्येक दिन उपस्थिति भएका एक जना दर्शक बराबर रु.१ निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई प्रदान गर्ने कुरा सेन्टरका अध्यक्ष रोशन धितालले जानकारी गराए।

    प्रतियोगिता भरी खेलमैदानमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि डोनेसन बक्स राखिने कुरा पनि धितालले जानकारी गराए।

    पत्रकार सम्मेलनमा दमक क्रिकेट क्लबका अध्यक्ष अबिश खनाल, प्याट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टरका अध्यक्ष रोशन धिताल, सचिब दिपेश रिमाल, उपाध्यक्ष प्रनिता पोख्रेल, सेन्टरका हेड कोच तथा भुतपुर्व राष्ट्रिय खेलाडि लाक्पा लामा उपस्थित रहेका थिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)