News Portal

कस्तो छ दुर्घटनामा परेका मैनालीको अवस्था ?

रासस
७०५ पटक

काठमाडाैै। सवारी दुर्घटनामा परी घाइते हुनु भएका नेकपा (माले) का महासचिव सिपी मैनालीको अवस्था खतरामुक्त रहेको छ ।

काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उनको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको र शरीरमा भित्री चोट नभएको चिकित्सकको भनाइ उद्धृत गर्दै नेकपा (माले) का खेलकुद विभाग प्रमुख शङ्कर पोखरेलले जानकारी दिए ।

‘अहिले अवस्था सामान्य छ, बाहिरी भागमा चोटपटक लागेको छ’, चिकित्सकको भनाइ उद्धृत गर्दै उनले भने, ‘सिटी स्क्यान गर्दा भित्री अङ्गमा चोटपटक लागेको देखिएको छैन ।’मैनालीको निधार र घाँटीमा चोट लागेको पोखरेलले जानकारी दिए ।

प्रारम्भिक स्वास्थ्य परीक्षण रिपोर्टमा उनको अवस्था सामान्य देखिएको छ । ‘अहिले महासचिव सामान्य रुपमा बोलचाल गरिरहनु भएको छ’, उनले भने ।

भाइको छोरीको विवाहमा गएर झापाबाट काठमाडौँ फर्कदै गर्दा महासचिव मैनाली विपी राजमार्गको सिन्धुली क्षेत्रमा दुर्घटनामा परेका थिए ।

उनी सवार बा ७च २१२० नम्बरको जिपलाई विपरीत दिशाबाट गइरहेको ना ४ च ७६८० नम्बरको भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा मैनालीका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका थिए । अहिले अस्पतालमा नेकपा (माले) का नेता कार्यकर्ताको भीड लागेको छ ।

प्रतिकृया दिनुहोस्