News Portal

अर्बाैं लगानी भएका अलपत्र सयौं ठेक्काको काम एक वर्षभित्र सम्पन्न गर्न दिइयो मौका

रातोपोस्ट संवाददाता
७४२ पटक

 

 

 

 

 

 

 

 

 

काठमाडौं। मुलुकभित्र राज्यको अर्बाैं लगानी भएका अलपत्र अवस्थाका सयौं ठेक्काको काम १ वर्षभित्र  सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई मौका मिलेको छ ।

सार्वजनिक खरीद नियमावली नै संशोधन गरेर एक वर्षको म्याद थप्न दबाब दिएका निर्माण व्यवसायीले ठेक्का सम्पन्न गर्ने अवसर पाएका छन् भने सम्बद्ध विभागहरूले पनि पुराना र अलपत्र ठेक्का व्यवस्थापन गर्न समय पाएका छन् ।

२०६४ देखि अलपत्र भएका ठेक्काहरूको सूची अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेपछि निर्माण व्यवसायीहरूले तिनको म्याद थप्न सरकारसँग माग गर्दै आएका थिए ।

एक वर्षमै चारपटक नियमावली संशोधन गराउन सफल भएका निर्माण व्यवसायीको मुख्य माग नै अलपत्र रुग्ण अवस्थाका ठेक्काको म्याद १ वर्ष थप्नु नै थियो । उक्त माग पुस दोस्रो हप्ता संशोधन भएको सार्वजनिक खरीद (नवौं संशोधन) नियमावलीले पूरा गरेको छ ।

सोहीअनुसार अहिले विभिन्न विकासे विभागहरूले मातहतका मन्त्रालयहरूलाई म्याद थप्न पत्राचार गरिसकेका छन् ।

तीमध्ये अग्रस्थानमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले १९ सयभन्दा बढी ठेक्काको म्याद १ वर्ष थप्ने भएको छ ।आर्थिक अभियान

प्रतिकृया दिनुहोस्