News Portal

मनाङले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

रातोपोस्ट संवाददाता
६२४ पटक

धरान : नेपाल पुलिसलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लबले धरानमा सम्पन्न २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि जितेको छ।

शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई मनाङले ३-१ गोलले हराउँदै मनाङले उपाधि आफ्नो पोल्टामा ल्याएको हो।

धरान रंगशालामा भएको खेलमा मनाङलाई जिताउन दयानन्द सिंह, विशाल लिम्बू र विमल रानाले समान एक/एक गोल गरे। पुलिसका लागि भने कप्तान भोला सिलवालले एक गोल फर्काए।

खेलको दसौं मिनेटमा दयानन्दको गोलमा सुरुआती अग्रता बनाएको थियो। दयानन्दले पहिलो हाफ टाइमभरि १-० गोलको अग्रता दिलाए।

खेलको पहिलो हाफ निकै नै प्रतिस्पर्धात्मक रहेको थियो। यस्तै खेलको ५० औं मिनेटमा विशाल लिम्बूले गोल गर्दै मनाङलाई अग्रता दिलाए।

प्रतिकृया दिनुहोस्