
इलाम। इलामको ठूलो टुँडिखेलमा शनिबार सम्पन्न भएको छैटौँ संस्करणको माइभ्याली गोल्डकपमा पाहुना टोली भारतको एमएफसी दार्जिलिङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
दुई पटकको उपाधि विजेता झापा ११ लाई २-१ गाेलले हराउँदै दार्जिलिङ सेमिफाइनलमा प्रवेश गरेको हाे ।
खेलको पहिलो हाफमा दुवै टीमले राम्रो प्रदर्शन गरेका थिए । खेलको पहिलो हाफमा २३ औँ मिनेटमा एमएफसी दार्जिलिङका फेनीसाई लाथोङले गोल गर्दै दार्जिलिङलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफ शुरुभएको तेस्रो मिनेटमा नै पुनः फेनीसाईले व्याक्तिगत दोस्रो गोल थप्दै दार्जिलिङको अग्रता दोब्बर बनाए ।
झापा ११ का सरोज कार्कीले एक गोल गर्दे टीमलाई खेलमा फर्काउन गरेको प्रयास गरे पनि अन्ततः सफल हुन सकेन् ।
खेलको म्यान अफ दि म्याच एमएफसी दार्जिलिङका फेनीसाई लाथोङ भए । उनले नगद दश हजार सहित ट्रफी पाएका छन । भोलि आइतबारको खेल नेपाल आर्मी क्लब र संकटा क्लबबीच हुने छ ।