News Portal

  • भ्रष्टाचारीलाई कारबाही गरे स्थानीय तह नै खाली हुन्छ : गृहमन्त्री

    रातोपोस्ट संवाददाता
    ७१६ पटक

    पर्वत। गृहमन्त्री रामबहादुर थापा बादलले सबै भ्रष्टाचारीलाई कारबाही गर्दा स्थानीय तह नै खाली हुने खरता रहने बताएका छन् ।

    जिल्ला प्रशासन कार्यालय पर्वनको नयाँ भवन उद्घाटनका लागि आइतबार पर्वत पुगेका गृहमन्त्री थापाले भने, ‘अख्तियारबाट थाहा पाएको कुरा अनुसार सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भइरहेको छ ।

    अख्तियारले भनेको छ, स्थानीय तहका भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने तहहरू नै खाली हुने अवस्था छ ।’

    स्थानीय तहका जनप्रतिनिधिलाई अख्तियारले घुससहित रंगेहात पक्राउ गरिरहेको घटनाहरु स्मरण गराउँदै उनले स्थानीय तहमा भइरहेको भ्रष्टाचारको अवस्था देखाएको संकेत गरे ।

    उनले नेकपाले भ्रष्टाचार रोक्नेगरी काम गर्नुपर्नेमा जोड दिए । ‘झन्डै दुईतिहाइ बहुमतको सरकार केन्द्रमा रहनु र अधिकांश स्थानीय तहमा नेकपाकै जनप्रतिनिधिको वर्चस्व रहेका कारण नेकपाले नै भ्रष्टाचार रोक्ने गरी काम गर्नुपर्छ,’ उनले भने ।

    उनले एक फरक सन्दर्भमा पुरुष मात्र भएको पार्टीले समाजवादको यात्रा तय गर्न नसक्ने बताए । उनले भने, ‘नीतिगत रूपमा महिलाका लागि ठाउँहरू दिइएको भए पनि व्यवहारिक रूपमा त्यो लागु नहुनु दुःखद छ ।’

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)