News Portal

आज नेकपाका अध्यक्ष प्रचण्ड झापा आउँदै

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज झापा आउँदै छन् ।

रातोपोस्ट संवाददाता
२६२३ पटक

झापा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) मंगलबार झापा आउने भएका छन् ।

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य कुमार आचार्यका अनुसार पार्टीको प्रदेशस्तरीय प्रशिक्षण र सुखानीमा आयोजना हुने सभालाई सम्बोधन गर्न प्रचण्ड झापा आउन लागेका हुन् ।

सुखानी शहिद स्मृति दिवसको अवसरमा फागनु २१ गते बुधबार सहादतस्थल सुखानीमा आयोजना हुने सभालाई प्रचण्डले सम्बोधन गर्ने छन् ।

फागुन २१ गते सुखानीमै स्मृति सभा तथा श्रद्धाञ्जली सभा हुने युवा नेता आचार्यले जानकारी दिए । पार्टी अध्यक्ष प्रचण्डसहित महासचिव विष्णु पौडेललगायतका नेताले सभालाई सम्बोधन गर्ने जनाइएको छ ।

प्रदेशस्तरीय प्रशिक्षण विर्तामोडस्थित सीटी सेन्टर पार्टी प्यालेसमा मंगलबार विहान ११ बजेदेखि सुरु हुने र सो प्रशिक्षणमा प्रदेश कमिटी, जिल्ला कमिटी र सो सरहका कमिटीमा रहेकाहरु सहभागी हुने नेकपाका झापा सचिव मणिकुमार साम्पाङ (विजय)ले बताए ।

प्रतिकृया दिनुहोस्