News Portal

झापाका विद्यार्थीलाई कलाकार मेलिनाको सहयोग

रातोपोस्ट संवाददाता
१७९४ पटक

झापा । ख्याती प्राप्त कलाकार मेलिना राईले मेचीनगर ४ स्थित पशुपति माविमा अध्ययनरत् विद्यार्थीहरुलाई खेलकुद सामग्री प्रदान गरेकी छन् ।

विद्यालय परिसरमा सोमबार आयोजित कार्यक्रममा उनले विद्यार्थीहरुलाई खेल सामग्री हस्तान्तरण गरेकी हुन् ।

सो अवसरमा मेचीनगर खेलकुद विकास समिति संयोजक तथा मेचीनगर वडा नम्बर ४ का अध्यक्ष नविन बराल, समिति सदस्य भूमिका सुब्बा, सञ्चारकर्मी सचित आनन्द सुब्बालगायतले उक्त सामग्री वितरण गरेका थिए ।

बाहुनडाँगी संगीत तथा पर्यटन महोत्सवमा आइतबार साँझ प्रस्तुति दिन झापा आएकी राईले सोही अवसर पारेर विद्यार्थीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरेकी हुन् ।

आफ्नो बाल्यकाल सम्झिँदै गायिका राईले पढाईका अलावा अतिरिक्त क्रियाकलापमा विद्यार्थीको हौसला बढाउन खेल सामग्री हस्तान्तरण गरिएको बताईन् ।

मेचीनगर खेलकुद विकास समिति संयोजक तथा मेचीनगर वडा नम्बर ४ का अध्यक्ष नविन बरालले खेल सामग्रीको सहयोगले विद्यार्थीलाई खेल क्षेत्रमा लगाव बढ्ने प्रतिक्रिया दिए ।

पशुपति माविका प्रधानाध्यापक लक्ष्मण प्रधानले खेलकुद सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा सहायक प्रधानाध्यापक माधवप्रसाद सापकोटा, शिक्षक नविन सुवेदीलगायत विद्यार्थीहरूको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्