News Portal

प्रचण्ड झापा आउँदै, जनयुद्धकि सहयात्री उमा भुजेल झापा जेलमा, भेट्लान त प्रचण्डले ?

रातोपोस्ट संवाददाता
१८२३ पटक

झापा। सुखानी शहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा  प्रधानमन्त्री केपी शर्मा

ओली मृगौला प्रत्यारोपण गर्ने तयारीका कारण झापा नआउने भएपनि नेकपाका अर्का अध्यक्ष प्रचण्ड भने झापा आउने

भएसँगै यहाँका राजनितीक दल र कार्यकर्ताका माझ प्रचण्डसँगै जनयुद्ध लडेकि गाेर्खा जेल व्रेकर उमा भुजेललाई

भेट्छन वा भेट्दैनन्,भन्ने बहस सुरु भएको छ।

पूर्व निर्धारित फागुन २१ को कार्यक्रममा दुवै अध्यक्ष सहित पार्टीका महासचिव विष्णु पौडेल र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ झापा आउने निश्चित भएको थियो ।

तर प्रदेशको प्रशिक्षणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने निश्चित भएको पार्टी स्रोतले जानकारी दिएकोछ । आज चलिरहेको प्रदेश बैठकले प्रचण्डलाई नै श्रद्धाञ्जलि सभाको कार्यक्रममा लैजाने तयारी गरेको बुझिएको छ ।
यसअघि फागुन २१ मा बिर्तामोडमा आमसभा गर्ने कार्यक्रम तय भएको थियो । सो कार्यक्रम रद्द भएको पनि पार्टी स्राेतले बतायो ।

आज प्रचण्ड झापाकाे चन्द्रगढि बिमानस्थलमा ओर्लने छन्,। तर चासोको बिषय यो छ कि उनकै नेतृत्वमा दशबर्षे जनयुद्ध लडेकि महिला नेतृ उमा भुजेल चन्द्रगढि विमानस्थलबाट नजिकै रहेको जिल्ला कारागारमा जेल जीवन बिताइरहेकि छिन्।

प्रचण्डले सम्झेलान्, त उमा भुजेललाई ? आम पुर्व माओवादी कार्यकर्ताले यो कुरा चासोका रुपमा लिइरहेका छन्।

काे हुन्, त भुजेल ?

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टीकि हाल मेची कोशी व्युरो सदस्य रहेकि उमा भुजेल (शिलु )  सांसद भैसकेकि साहसी महिला नेतृ हुन्।

गत पुस १२ गते सुनसरीको चक्रघट्टीबाट गिरफ्तार गरी प्रहरीले उनलाई  विष्फोटक सम्बन्धि मुद्दा चलाएको थियो।

जिल्ला अदालत सुनसरीले १० हजार धराैटिमा रिहाइ गरेलगत्तै पुन पक्राउ गरि भुजेल र विप्लवका झापा जिल्ला इन्चार्ज सुमनसिंह पाैडेललाई प्रहरीले  झापा ल्याएर विभिन्न मुद्दा लगाएको छ।

यसअघि पुस १२ गते प्रदेश १ प्रहरी र विशेष ब्यूरो संयुक्त टोलीले भुजेल र  पौडेललाई सुनसरीबाट पक्राउ गरि विस्फोट सम्बन्धी मुद्धा चलाएको थियो ।

तत्कालीन माओवादीका तर्फबाट गोरखा जेलब्रेक गर्ने महिलाको समूहको प्रमुख सदस्य तथा पूर्वसांसद समेत रहेकी नेतृ भुजेललाई प्रहरीले यसअघि पनि काठमाडौंबाट पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतको आदेश पछि उनी रिहा भएकी थिईन् । भुजेल सहितको टोलीले २०५७ साल चैत १७ गते गोरखा जेल ब्रेक गरेको थियो ।

तिनै जनयुद्धका सुप्रिम कमान्डर प्रचण्ड झापा आउँदै गर्दा उमा भुजेलले भने जनयुद्धको सुप्रिम कमान्डरलाई कारागारबाटै सलाम गर्नेछिन, प्रचण्डले उमा भुजेललाई सम्झेलान या नसम्झेलान त्यो भने हेर्न बाँकि छ ।

प्रतिकृया दिनुहोस्