News Portal

अन्तिम समयमा प्रचण्डको झापा भ्रमण रद्ध,सबै कार्यक्रम स्थगित

रातोपोस्ट संवाददाता
१०३४ पटक

झापा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) मंगलबार झापा आउने भनिएपनि अन्त्यमा नआउने भएका छन्।

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य कुमार आचार्यका अनुसार पार्टीको प्रदेशस्तरीय प्रशिक्षण र सुखानीमा आयोजना हुने सभालाई सम्बोधन गर्न प्रचण्ड झापा आउन लागेका भएपनि अन्तिम समयमा सबै कार्यक्रम स्थगित भएको छ।

यसअघि  सुखानी शहिद स्मृति दिवसको अवसरमा फागनु २१ गते बुधबार सहादतस्थल सुखानीमा आयोजना हुने सभालाई प्रधानमन्त्री ओली सहित गृहमन्त्री बादल, प्रचण्ड,बिष्णु पाैडेल लगायतका नेताले सम्बोधन गर्ने जनाइएको थियोे ।

यसअघि प्रदेशस्तरीय प्रशिक्षण विर्तामोडस्थित सीटी सेन्टर पार्टी प्यालेसमा मंगलबार विहान ११ बजेदेखि सुरु हुने र सो प्रशिक्षणमा प्रदेश कमिटी, जिल्ला कमिटी र सो सरहका कमिटीमा रहेकाहरु सहभागी हुने नेकपाका झापा सचिव मणिकुमार साम्पाङ (विजय)ले जानकारी गराएका थिए।

प्रधानमन्त्री केपि शर्मा ओली मृगौला प्रत्यारोपण गर्नका लागि अस्पताल भर्ना भएसँगै सबै नेताको झापा आउने कार्यक्रम स्थगित भएको बुझिएको छ।

प्रतिकृया दिनुहोस्