News Portal

  • नेकपाको प्रदेश १ स्तरीय प्रशिक्षण र सुखानीको आमसभा स्थगित

    खनाल झापा पुगिसकेपनि अरु नेता मंगलबार मात्रै जाने कार्यक्रम थियो

    रातोपोस्ट संवाददाता
    ८८९ पटक

    झापा। नेकपाले मंगलबारको लागि राखेको प्रदेश १ स्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ ।

    कोरोना भाइरसको संक्रमण नेपालमा पनि खतरा हुने भन्दै सरकारले  भिडभाड र विवाह भोज नगर्न सोमबार निर्देशन गरेसँगै नेकपाको भेला स्थगित भएको हो ।

    झापाको विर्तामोड स्थित सिटीसेन्टरको साई पार्टी प्यालेसमा कार्यक्रमको भव्य तयारी गरेको नेकपाले सरकारको निर्देशनलाई पालना गर्दै कार्यक्रम स्थगित गरेको जनाएको छ ।

    भेलामा पार्टी अध्यक्ष, पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल लगायतका केन्द्रिय नेताहरुले सम्बोध गर्ने कार्यक्रम थियो ।

    खनाल झापा पुगिसकेपनि अरु नेता मंगलबार मात्रै जाने कार्यक्रम थियो ।

    कार्यक्रम स्थगित भएपछि अध्यक्ष लगायतका नेताहरु नआउने नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।

    उनले भने ‘भेलाका लागि १ नम्बर प्रदेशका अधिकांश जिल्लाका ४ सय जना भन्दा बढि प्रतिनिधि आइसक्नु भएको र केहि आउने क्रम जारी थियो तर, भेला स्थगित भएको कुरा प्रदेश कमिटिले बिहान मात्र जानकारी दियो  ।

    केन्द्रिय पार्टीको निर्देशन अनुसार भेला स्थगित भएको हो । ’

    त्यस्तै बुधबार सुखानीको स्मृतिमा सुखानी पार्कमा हुन लागेको आमसभा पनि स्थगित भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)