News Portal

पिवी मेमोरियल केसिसि इन्टर ओपन चेस टुर्नामेन्ट सुरु

रातोपोस्ट संवाददाता
८८७ पटक

काँकरभिट्टा, नाइट्चेस क्लवको आयोजना तथा मेची युमा चेस एकाडेमीको सहयोगमा मंगलवारबाट पिवी मेमोरियल केसिसि इन्टर ओपन चेस टुनामेन्ट २०२० सुरु भएको छ

काँकरभिट्टा खानेपानीतथा सरसफाई संस्थाको सभाहलमा औपचारिक कार्यक्रमको उद्घाटन् गर्दै कार्यक्रमका प्रमुख अतिथि श्रीप्रसाद मैनालीले चेस खेलले व्याक्तिको बौद्धिक विकासमा सहयोग पुग्ने बताए । नाईट्चेस एउटा सामाजिक संस्था रहेको र यसले लागु औषध दुर्वेशन तथा खेल क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिरहेको बताउदै उनले सामाजिक संस्थाहरुमा राजनीतिक भाग वन्डा गर्नु नहुने बताए । कोरोना भाईरसका कारण देशभर बिभिन्न कार्यक्रम प्रभावित बनेको बताउदै स्वास्थ्यको विषयमा सवैजना संवेदनशिल हुनुपर्ने धारणा राखे । कार्यक्रममा विशेष अतिथि मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्य , उपप्रमुख मिना उप्रेती , नेकपाका मचीनगर इन्चार्ज देवकुमार राई , नेपाली काँग्रेसका मेचीनगर सभापति ईन्द्रबहादुर बुढाथोकी , राप्रपा मेचीनगर अध्यक्ष सुशिल आचार्य , नाईट्चेस क्लवका पूर्व अध्यक्ष वालजित राई , मेचीउद्योग वाणिज्यसंघका अध्यक्ष ऋषि तिम्सिना , लगायतले बोलेका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरु दिलिप सुवेदी , नवराज खनियाँ, शेरबहादुर बस्नेत , मेचीउद्योग वाणिज्य संघकी उपाध्यक्ष विना तामाङ, ईप्रका काँकरभिट्टाका डिएसपी राजेन्द्र पोखरेल , काँकरभिट्टा फटवल ट्रेनीङ सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।सो अवसरमा पशुपति अंग्रेजी माविकी प्रिन्सिपल अनिता थापाले नाईट्चेस क्लवका अध्यक्ष राजुकार्कीलाई रु ३ लाखको चेक हरुतान्तरण गरेकी थिईन्। प्रिन्सिपल थापाले क्लवको विकासमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जानकारी दिइन् । प्रतियोगितामा भागलिन नेपाल , भारत, भुटान र बंलादेशका २ सय भन्दा बढी खेलाडी सहभागि हुने र खेलाडिहरु आउनेक्रम जारी रहेको आयोजकले जनाएको छ खेल बुधबारबाट सुरु हुने भएको छ । कुल २ लाख ८४ हजार९सय रुपैयाँको विभिन्न राशीका पुरस्कार घोषणा गरिएको उक्त प्रतियोगितामा ३८ विद्यामा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्ने योजना रहेको मेची युमा एकाडेमीका अध्यक्ष तथा टुर्नामेन्ट डाईरेक्टर विश्वविजय घिमिरेले जानकारी दिए । प्रतियोगितामा टप २० खेलाडी मध्ये प्रथम हुनेलाई ६० हजार , दोस्रो विजेतालाई ४० हजार तेस्रो पुरस्कार राशी २५ हजार रहेको छ । आयोजकले भेट्रान प्रथम , भेट्रान दोस्रो , १ नम्वर प्रदेश प्रथम , अनरेटेड , तथा अन्डर १४ का प्रथम छात्र —छात्राहरु लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडिहरुलाई पुरस्कृत गर्ने जनाएको छ ।नाईट्चेस क्लवका अध्यक्ष राजु कार्कीलेको सभापतित्वमा सम्पन्न उद्घाटन् कार्यक्रममा प्रथम उपाध्यक्ष सुरेन्द्र बढाथोकीले स्वागत गरेका थिए भने सञ्चालन महासचिव अशोक राईले गरेका थिए ।

प्रतिकृया दिनुहोस्