News Portal

  • शिक्षण अस्पतालले भन्यो : प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

    रातोपोस्ट संवाददाता
    १४४२ पटक

    काठमाडाैं :  त्रिवि शिक्षण अस्पतालले मिर्गाैला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाकाे प्रत्यारोपण सफल भएकाे जनाएको छ।

    अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले संक्षिप्त पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी दिएका हुन्  ‘मिर्गौला प्रत्यारोपणपछि उहाँ (ओली) को स्वास्थ्य स्थिर अवस्थामा रहेको छ।

    उहाँका सबै मुख्य सूचाकाङ्कहरु राम्रो अवस्थामा छन्,’ उनले भने, ‘प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न सुरु गरिसकेको छ। उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइनेछ।’

    खड्गाले मिर्गाैला दान गरेकी ओलीकी भाञ्‍जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए। उनीहरु दुवैलाई पोस्ट अपरेटिभ वार्डमा राखिएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)