News Portal

गोरखामा जीप दुर्घटना हुँदा वडा सचिवको मृत्यु, गाउँपालिका उपाध्यक्षसहित ७ घाइते

रातोपोस्ट संवाददाता
८१९ पटक

गोरखा : गोरखामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आरुघाटबाट काशीगाउँतर्फ जाँदै गरेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नम्बर- १ स्थित धोरतको जंगलमा दुर्घटना हुँदा वडा सचिव किरण रिमालको मृत्यु भएको हो ।

बुधबार राति ग १ ज ५५०५ नम्बरको जिप सडकबाट खस्दा जिपमा सवार अन्य ७ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा उपप्रमुख फुलमाया गुरुङ , चालक बालचन्द्र गुरुङ, निसा गुरुङ, धनबहादुर गुरुङ, केयरसिंह गुरुङ, सुरज नेपाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम बहादुर अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीका अनुसार घाइतेहरुलाई धोर्चेतको जंगलबाट उद्दार गरी करिब ३० मिनेटको दुरीमा रहेको मान्बु स्वास्थ्य इकाइमा राखिएको र उनीहरुको उद्दारको लागि हेलिकोप्टरको व्यवस्था गरिँदैछ ।

प्रतिकृया दिनुहोस्