News Portal

कपिलवस्तुमा अज्ञात समूहद्वारा शर्मा एण्ड शर्मा कम्पनीको गाडीमा आगजनी 

रातोपोस्ट संवाददाता
६७५ पटक

अर्घाखाँची : कपिलवस्तुको पश्चिमी क्षेत्रमा पर्ने विजयनगर गाउँपालिकामा बुधबार राति ६ वटा गाडीमाथि अज्ञात समूहले आगजनी गरेको छ।

गाउँपालिकाको लोहोरौलामा हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीका दुई जेसिभी, दुई स्काभेटर र दुई स्कारपियोमा आगजनी भएको  छ। राति करिब पौने १ बजे घटना भएको प्रहरीले अनुमान छ।

ना१क ९०६९, बा २ क ८७२९ नम्बरको जेसिवि, बा १९ च ६६४७, बा १६ च ५२५० नम्वरको बोलोरो जिप र से १ क ७०, बा २ क १४७३ नम्बरको स्काभेटर जलाइएको प्रहरीले जनाएको छ।

कपिलवस्तुको शिवराज नगरपालिका १ तुरुन्तपुरमा १ वटा स्काभेटर, विजयनगर गाउँपालिका २ लोहरौलामा २ जेसिबी र २ वटा स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीको भनाइ छ। आगजनी भएका उक्त सामग्री हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीको रहेको पाइएको छ।

आगलागीबाट जेसिभी, स्काभेटर र स्कारपियो पूर्ण क्षति भएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए।

राति सडक बनाउन बस्ने कामदारको कोठामा बाहिरबाट चुकुल बन्द गरेर गाडीमा आगजनी गरेको प्रहरी निरीक्षक नेपालले जानकारी दिए।

आगो किन र कस्ले लगाएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी सुनिल मल्लले बताए।

प्रतिकृया दिनुहोस्