News Portal

आज बाहुनडाँगी महोत्सवमा प्रमोद खरेल आउँदै

रातोपोस्ट संवाददाता
७६७ पटक

झापा। मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव फागुन १७ देखि २३ गतेसम्म सञ्चालन भई रहेको छ ।

महोत्सवको छैटौं दिन आज  सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेल र कमेडी च्याम्पियनका चर्चित कमेडियन सुमन कोइराला आउने भएका छन् ।

साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने बाहुनडाँगी जेसीज सन् २०२० का उपाध्यक्ष देबु बानियाले जानकारी बताए ।

महोत्सवमा ग्रामिण संस्कार, संस्कृति, रहनसहन, रीतिरिवाजलगायत विभिन्न जातिय परिकार, संस्कृति तथा पर्यटन, व्यवसायिक, जनचेतनामूलक ४० वटा स्टल रहेको महोत्सव आयोजक समितिका संयोजक प्रविण भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्