News Portal

  • प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार, चारबजे पत्रकार सम्मेलन

    रातोपोस्ट संवाददाता
    ६३ पटक

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको दोस्रो दिन आज (बिहीबार) स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ ।

    प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थालेका छन् र अन्य सूचकहरु राम्रो रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

    हाल उनलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ । उनको पछिल्लो स्वास्थ्यस्थतिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिनेछ ।

    प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए ।

    प्रतिकृया दिनुहोस्