News Portal

  • कोरोना आशंकामा टेकु अस्पताल भर्ना गरिएका व्यक्ति भागे

    रातोपोस्ट संवाददाता
    ८४२ पटक

    काठमाडौ। कोरोना भाइरसको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको नेपाली अस्पतालको झ्यालबाट हाम फालेर भागेका छन्।

    युवक टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेर जहाज चढेर बिराटनगर पुगेका छन्।

    कोरियाबाट आएका सुनसरी घर भएका युवा बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए।

    बुधबार राति नै झ्यालबाट हाम फालेर भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    कोरोना भाइरस संक्रमण भएको आशंकामा अस्पताल भर्ना भएका उनलाई आइसोलेसन वार्डमा राखिएको थियो।

    महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले ती व्यक्ति भागेकोबारे अस्पतालले बुधबार मात्रै प्रहरीलाई जानकारी गराएको बताए ।

    प्रहरीले उनको खोजी गरिरहेको एसएसपी सुवेदीले बताए । उनी मंगलबार मात्रै दक्षिण कोरियाबाट फर्किएका थिए । उनको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)