News Portal

झापाको काँकडभिट्टाबाट लागुऔषधसहित दुई पक्राउ

रातोपोस्ट संवाददाता
१६११ पटक

 

 

 

 

 

 

 

 

 

 

 

 

झापा। झापाको मेचिनगर – ६ स्थित काँकडभिट्टाबाट प्रहरी लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। ।

ईलाम चुलाचुली गाउँपालिका – ४ का २७ बर्षीय निशान राई र झापा दमक – १ का २४ बर्षीय रोशन पोदार पक्राउ परेका हुन् ।

बिहीबार  दिउसाे  ३ बजे भारतबाट नेपाल तर्फ आईरहेका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाचँ गर्ने क्रममा भन्सार मुलगेटमा पक्राउ गरिएकाे हाे ।

उनीहरूको साथबाट मोटरसाईकल चेकचाँच गर्ने क्रममा मोटरसाईकलको ट्याङकी भित्र प्लास्टिकमा पोको पारेर लुकाई राखिएको अवस्थामा २६ ग्राम खैरो होरोईन बरामद गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाइ ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्