News Portal

कोरोना भाइरसको त्रास– ईपीएल क्रिकेट स्थगित

रातोपोस्ट संवाददाता
११३६ पटक

काठमाडौं। कोरोनाभाइरसका कारण एभरेष्ट प्रिमियर लिग(ईपीएल) क्रिकेट स्थगित भएको हो । आउँदो चैत १ गतेदेखि १५ गतेसम्म आयोजना हुने भनिएको लिग स्थगित गरिएको आयोजकले जनाएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक एभरेष्ट प्रिमियर लिगले अर्काे सूचना जारी नभएसम्म ईपीएल स्थगित गरिएको जानकारी दिएको हो ।

कोरोनाभाइरसको उच्च जोखिममा नेपाललाई पनि राखिएपछि लिग स्थगित गरिएको हो । ईपीएलका लागि १२ देशका खेलाडीसँग सम्झौता भइसकेको थियो ।  ईपीएलमा क्रिस गेल, डाइन स्मिथ, हासिम अम्ला लगायतका विश्वचर्चित क्रिकेट खेलाडीहरु सहभागी हुने भएका थिए ।

प्रतिकृया दिनुहोस्