News Portal

‘कोरोना भाइरसको प्रभाव : खेलकुदका सवै गतिविधि रोक्न राखेपले दियो निर्देशन

रातोपोस्ट संवाददाता
८६८ पटक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विश्वभर फैलिएको ‘कोरोनाभाइरस’ अर्थात् ‘कोभिड–१९’ का कारण सम्पूर्ण खेलकुदका गतिविधि स्थगित गर्न सूचना जारी गरेको छ ।

युवा तथा खेलकुदमन्त्री जगत्बहादुर सुनार विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको राखेपको बैठकले कोरोनाको सम्भावित संक्रमणबाट बच्न खेलकुद प्रतियोगितालगायतका सम्पूर्ण कार्यक्रमहरु अर्को सूचना जारी नभएसम्मका खेलकुद गतिविधि नगर्न निर्देशन दिएको छ ।

राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले जारी गरेको विज्ञप्तिमा गोष्ठी, सेमिनारलगायतका भीडभाड हुने सबै किसिमका खेलकुदका प्रतियोगिता स्थगित गर्न भनिएको छ ।

प्रतिकृया दिनुहोस्