News Portal

कोरोना भाइरस: विद्यालय र क्याम्पस बन्द गर्न सांसद भुसालको माग

रातोपोस्ट संवाददाता
८२५ पटक

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले विद्यालय र क्याम्पसमा पठनपाठन बन्द गर्न माग गरेकी छन् ।

कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको भन्दै उनले लाखौं विद्यार्थी विद्यालय र क्याम्पस गइरहेकोले सतर्कता अपनाउनु पर्ने बताएकी छन् ।

जिल्ला प्रशासन कार्यालय र सरकारले पनि भिडभाडमा नजानू, घरबाट बाहिर ननिस्कनु भनेकोले विद्यालय र क्याम्पस तत्काल बन्द गरिनुपर्ने बताइन् ।

‘लाखौं विद्यार्थी स्कुल र कलेज गइरहेका छन् । सरकारले भिडभाडमा नजानू सूचना निकाल्ने अनि विद्यार्थीलाई पढाइरहने ? तत्काल बन्द गर्न निर्देशन दिन आग्रह गर्दछु,’ उनले भनिन् ।

प्रतिकृया दिनुहोस्