News Portal

  • शिक्षा मन्त्रालयले भन्यो, ‘एसईई परीक्षा चैत ६ देखि नै हुन्छ’

    रातोपोस्ट संवाददाता
    ४९९ पटक

    काठमाण्डाै । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ६ गतेदेखि तोकिएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को यथावत् रुपमा सञ्चालन हुने स्पष्ट गरेको छ ।

    सो परीक्षा सारिएको भन्ने भ्रम सिर्जना नगर्न आग्रह गर्दै मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिएर कक्षा १ देखि ९ सम्मका वार्षिक परीक्षा चैत ५ गतेभित्र सम्पन्न गरिसक्न निर्देशन दिइएको भए पनि एसईई परीक्षा यथावत् रहने जनाउनुभएको हो ।

    उहाँले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता सूचनाका भ्रममा नपर्न आग्रह गर्दै परिस्थितिको विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा थप निर्णय भएमा आधिकारिक रुपमा जानकारी दिइने जनाउनुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)