News Portal

  • एशियाली सेयर बजारमा पहिरो

    रातोपोस्ट
    २१६४ पटक

    एजेन्सी । सोमबार एसियामा शेयर बजार खुल्न नपाउँदै उच्च गिरावट आएको छ ।

    शेयर बजार ओरालो लाग्नुमा कच्चा तेलको मूल्यमा उच्च गिरावट र कमजोर आर्थिक तथ्याङ्कलाई मानिएको छ ।

    जापानको निक्केई सूचकाङ्क पाँच प्रतिशतसम्म घटेको छ भने अस्ट्रेलियाको एएसएक्स सात दशमलव तीन प्रतिशतसम्म घटेको हो ।

    यो वर्ष सन् २००८ पछि यी बजारमा सबैभन्दा ठूलो गिरावट आएको हो । यसको असर भारतीय बजारमा पनि देखियो ।

    भारतीय सूचकाङ्क सेन्सेक्समा पनि सोमबार सुरुवाती केही घण्टामा १६ सय अङ्कसम्म गिरावट आयो । जबकि निफ्टीमा ४५३ अङ्कको गिरावट देखियो ।

    तर दिउँसो एक बजेसम्म भारतीय बजारमा दुई हजारभन्दा धेरै अङ्कको गिरावट आयो र निफ्टीमा ५४७ अङ्कको गिरावट आयो ।

    तेल उत्पादक देशको समूह ओपेक र रुसबीच कच्चा तेललाई लिएर प्रतिद्वन्द्वीको जस्तै प्रतिस्पर्धा सुरु हुने डरले शेयर बजारमा असर देखिएको हो ।

    साथै चीनबाट हुने निर्यात ठप्प हुनु र जापानी अर्थव्यवस्था साँघुरिनुकाे असर एसियाका लगानीकर्ताहरुमा देखिएको हो ।

    सोमबार कच्चा तेलको मूल्यमा ३० प्रतिशतसम्म गिरावट देखियो ।

    यो सन् १९९१ मा भएको खाडी युद्धपछि कच्चा तेलको मूल्यमा आएको सबैभन्दा ठूलो गिरावट हो ।

    यसको असर ऊर्जा कम्पनीको शेयरको मूल्यमा पनि परेको छ ।

    अस्ट्रेलियामा पञ्जीकृत तेल कम्पनी आयल सर्चको शेयर ३१ प्रतिशतसम्म गिरावट आएको छ भने ऊर्जा फर्म सान्तोसको शेयरमा २७ प्रतिशतले गिरावट आएको छ ।

    चीनबाट फैलिन सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वभरि देखिएपछि तेलको मागमा कमी आएको छ ।

    कोरोना भाइरसको सबैभन्दा ठूलो असर ट्राभल एजेन्सी कम्पनीमा परेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)