News Portal

  • जेलमा भएको दंगामा ६ जनाको मृत्यु

    रातोपोस्ट संवाददाता
    ४८० पटक

    रोम । इटालीको एक जेलमा भएको दंगामा ६ जनाको मृत्यु भएको छ ।

    कोरोना भाइरस नियन्त्रणका लागि प्रतिबन्ध लगाइएको अवस्थामा एक जेलमा दंगा मच्चिएको हो ।

    अधिकारीहरुका अनुसार इटालीको उत्तरी सहर मोडेनाको एक जेलमा कैदीहरुले आगजनी गरेका छन् ।

    आफन्तसँग भेटघाट गर्न नपाउने भनेपछि उनीहरुले आगजनी गरेको बताइएको छ । 

    बीबीसीका अनुसार मृत्यु हुनेमध्ये दुईजनालाई अत्यधिक लागुऔषध सेवनका कारण मृत्यु भएको हुनसक्ने बताइएको छ ।

    उक्त दंगा आइतबार सुरु भएको थियो । आफन्त र साथीभाइसँगको भेटघाटमा प्रतिबन्ध लगाएपछि त्यहाँबाट भाग्‍नका लागि उनीहरुले आगजनी गरेको बताइएको छ । 

    जेलरहरुले पाँच सयजनालाई कैदीहरुलाई भाग्‍नबाट रोक लगाइएको थियो ।  अधिकारीहरुले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।  बीबीसी 

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)