रातोपोस्ट संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई नियुक्त गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रिय सभा सदस्यमा अधिकारीलाई नियुक्त गरिएको निजी सचिव केशवराज जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि कांग्रेसको संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे थिए ।
फागुन २० गते दुई वर्षे कार्यकाल सकिएसँगै पाण्डे राष्ट्रिय सभाबाट बिदा भएका छन् ।