News Portal

प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी सङ्ग्रौला डिस्चार्ज

रातोपोस्ट संवाददाता
४६६ पटक

काठमाण्डाै।  प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको प्रत्यारोपणका लागि मिर्गौला दिएकी समीक्षा सङ्ग्रौला स्वास्थ्यलाभ गरेर बुधबार घर फर्कनुभएको छ ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको आठौँ दिन उहाँको स्वास्थ्यमा सुधारको क्रम भने जारीे छ । उहाँलाई केही दिनमा निवास फर्काइने त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

सङ्ग्रौलाले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो दिनु भए पनि चिकित्सकले अन्य व्यक्तिलाई भेट्न नदिएका कारण सल्लाहकार र चिकित्सक टोलीसँग उहाँको स्वास्थ्यबारे जानकारी लिएर उहाँ घर फर्कनुभएको थियो ।

अन्तिम अपडेट: फागुन २८, २०७६

प्रतिकृया दिनुहोस्