News Portal

  • कोरोना भाइरसः युरोपबाट अमेरिका प्रवेशमा प्रतिबन्ध

    रातोपोस्ट
    ४७३ पटक

    एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण फैलनबाट रोक्नका लागि युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका छन् ।

    यो नियम शुक्रबारबाट ३० दिनसम्मका लागि लागू हुने ट्रम्पले घोषणा गरेका छन् ।

    बिहिबार बिहानको सम्बोधनमा ट्रम्पले यस्तो घोषणा गरेका हुन् । यद्यपि, उक्त ‘कडा तथा अत्यावश्यक’ प्रतिबन्ध बेलायतका लागि भने लागू नहुने ट्रम्पले बताएका छन् । बेलायतमा ४ सय ६० जनाको संक्रमण देखिएको छ ।

    अमेरिकामा कोरोना भाइरसको संक्रमण १ हजार १ सय ३५ मा पुष्टि भइसकेको छ । अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।

    ‘नयाँ संक्रमण हाम्रोमा प्रवेश हुन रोक्नका लागि हामीले युरोपबाट हुने सबै यात्रालाई अबको ३० दिनसम्म रद्द गर्नेछौं,’ ट्रम्पले भने ।

    प्रतिकृया दिनुहोस्